धादिङमा नि:शुल्क कपडा घर खुल्यो

 १२ आश्विन २०७६, आईतवार १३:४७  मा प्रकाशित

धादिङ, १२ असोज

“म बनाऊछु मेरो धादिङ“ भन्ने मुल नाराको साथ धादिङ सदरमुकाम बीचबजारको क्याम्पस चोकमा मा नि:शुल्क कपडा घर संचालन गरिएको छ ।

स्थानीय लायन्स र लियो क्लबमा आवद्ध युवाहरुले नि:शुल्क कपडा घर संचालनमा ल्याएका हुन् । सामाजिक सेवाका क्रियाशिल धादिङका युवाहरुद्वारा घटस्थापना को अवसरमा नि:शुल्क कपडा घर नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरेसँगै संचालनमा आएको हो ।

Image may contain: 1 person, standing

उद्घघाटनको क्रममा बोल्दै नगर प्रमुख ढुङ्गानाले समाजसेवी युवाहरुको यस महत्वपूर्ण कामको लागि नगरपालिका र आफ्नो व्यक्तिगत रुपमा पनि सहयोग रहने बताएका थिए ।

Image may contain: 2 people, people standing

निःशुल्क लुगा घर संचालनको अभियान्ता सम्झना भण्डारीले आफूभन्दा असाहयलाई सहयोग गरौं भन्ने भावनालाई आत्मसात गरी सक्नेले लुगाहरु यस निःशुल्क घरमा राख्दिन र असहायहरुले आफूलाई मिल्ने साइजको लुगा आएर लैजान आग्रह गरेकी थिइन् ।

बिहानदेखि संचालनमा आएको कपडा बैंकमा बालबालिकाहरुले कपडा लैजान सुरु गरिसकेका छन् ।

Image may contain: 1 person

सामाजिक अभियानकर्ता सम्झना भन्डारी ले Facebook मार्फत आफ्नो अनुरोध यसरी व्यक्त गरेका छन्:

हाम्रो अनुरोध:
१. आफूसँग भएको प्रयोग गर्न मिल्ने तर प्रयोगमा नआएका कपडाहरू साथै पुस्तकहरू सहयोग गर्नु होला । तपाईंका कपडा ले प्रयोगमा आउने दोस्रो मौका पाउन सक्दछन् । ती अरू कसैको खुसीको कारण बन्न पनि सक्छन् ।
२. निःशुल्क कपडा घर खुल्ला तथा निःशुल्क सेवा भएकाले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । कहीं कतै केही कमजोरीहरू देख्नु भयो भने सकेसम्म त्यसलाई सुधार गरिदिनुहोला, नसके हामी लाई ९८४३४०३८४८, ९८६०४४३०२२ मा जानकारी गराइदिनु होला ।
३. निःशुल्क कपडा घरको वरपर कसैलाई फोहोर गर्न नदिनुहोला ।
४. त्यहाँ आएका कपडाहरू कसैले मानवीय भावले सहयोग गरेका हुन् । त्यसको दुरुपयोग हुन नदिनु होला ।
५. कपडा घरमा कपडा सहयोग गर्न ल्याउँदा प्रयोग गर्न मिल्ने सफा कपडाहरू मात्रै ल्याइदिनु होला ।
६. प्रयोग भइसकेका भित्री बस्त्रहरु ल्याउने कष्ट नगरिदिनु होला ।
७. कपडा घर फोल्डिङ्ग सिस्टममा बनेको छ । यसको नजिकै हुनुहुन्छ भने हावाहुरी आउँदा, पानी पर्दा वा अन्य कुनै अप्रिय वातावरण हुँदा त्यसलाई बन्द गरिदिनुहोला ।

धन्यवाद,

१२ आश्विन २०७६, आईतवार १३:४७  मा प्रकाशित

Write your Comment