“म बनाऊछु मेरो धादिङ”- धादिङमा नि:शुल्क कपडा घर खुल्दै

 ८ आश्विन २०७६, बुधबार ११:३८  मा प्रकाशित

धादिङ, ७ असोज
“ म बनाऊछु मेरो धादिङ “ Together We Can, भन्ने मुल नाराको साथ धादिङमा नि:शुल्क कपडा घर खुल्दै छ । यहि आउदो आश्विन १२ गते घटस्थापनाको दिन बाट सञ्चालनमा आऊदैछ ।

सहयोगको अपेक्षा सहित सामाजिक अभियानकर्ता सम्झना भण्डारी ले फेसबुकमा लेखेका छन्:

“म बनाऊछु मेरो धादिङ “ Together We Can,
कसैको फाटेको कपडा छ, कसैको खाली खुट्टा छ
निःशुल्क कपडा घर यता छ ।

आफूभन्दा कम अवसर पाएको हरूको को निमित्त स्थापित ‘निसूल्क कपडा घर धादिङ’ यही १२ गते घटस्थापनाको दिन सञ्चालनमा आऊदैछ । यो दशैमा हरेक बालबालिका को मुहार उज्यालो बनाउने प्रयास गर्दैछौ । धादिंग निलकण्ठ – ३ मा रहने नि शुल्क कपडा घरको लागी यहाँहरूको जूनसुकै सहयोगले हामी आभारी हूनेछौ । साथै निलकण्ठ नगरपालिकाको कुन स्थानमा यो नी शुल्क कपडा घर राख्दा ठीक हुन्छ सल्लाहा सुझाव दिनुहुन विनम्र अनुरोध गर्दछौ ।
उक्त कपडा घर हामी सबैको घर हो । यसको स्थायित्व र व्यवस्थापन साथै संरक्षणमा यहाँहरुको साथ र सहयोगको आवश्यकता पक्कै रहनेछ । आशा गर्छौं यो निःशुल्क कपडा घरलाई यहाँहरुले पनि आफ्नै सम्झी माया गर्नु हुनेछ ।
८ आश्विन २०७६, बुधबार ११:३८  मा प्रकाशित

Write your Comment