Geo-zebra dynamic software सम्बन्धी २ दिने कार्यशाला/तालिम धादिङबेसिमा सम्पन्न

 २९ भाद्र २०७६, आईतवार १९:२७  मा प्रकाशित

धादिङ, २९ भाद्र

माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका गणित विषयका शिक्षकहरुको सहभागीतामा Geo-zebra dynamic software सम्बन्धी २ दिने कार्यशाला/तालिम सम्पन्न भएको छ ।

गणित शिक्षा परिषद जिल्ला शाखा धादिङको आयोजनामा भाद्र २८ र २९ गते सम्पन्न भएको उक्त कार्यशाला/तालिममा ३९ जना गणित शिक्षकहरुको सहभागीता रहेको थियो । गणितको सिकाईलाई प्रविधिको प्रयोग गर्ने उदेश्य अनुरुप Geo-zebra dynamic software एक प्रमुख माध्यामको रुपमा प्रयोगमा आएमा बिद्यार्थीहरुको अवधारणामुखि सिकाईमा सहयोग पुग्ने गणित शिक्षा परिषद धादिङका सचिव उत्तम भट्टले स्काईसञ्चारलाई बताए ।

तालिम प्राप्त सहजकर्ताहरुबाट सम्पन्न भएको Geo-zebra कार्यशालाको प्रयोग सिकाईको साधनको रुपमा कक्षाकोठामा समेत प्रयोग हुने समेत जिल्ला अध्यक्ष बद्री प्रसाद कोईरालाले बताउनु भयो ।

उक्त कार्यक्रम को सहजिकरण बिजेन्द्र बिर कर्माचार्य ले गर्नु भएको थियो ।

२९ भाद्र २०७६, आईतवार १९:२७  मा प्रकाशित

Write your Comment