सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको ‘धोका हुदैन’ सार्वजनिक (भिडियो सहित)

 २७ भाद्र २०७६, शुक्रबार १५:०३  मा प्रकाशित

धादिङ, २७ भाद्र
सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको दोस्रो गीत ‘धोका हुदैन’ भिडियो सहित सार्वजनिक भएको छ ।

विगत ५ बर्षदेखि रेडियो बिहानी ९७.६ मेगाहर्ज र धादिङ जिल्लाकै पहिलो र एक मात्र टेलिभिजन दिव्यदर्शन टेलिभिजनमा कार्यक्रम प्रमुखको रुपमा कार्यरत धर्मेन्द्र श्रेष्ठको यो दोस्रो कोसेली हो ।

अहिलेको चर्चित गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाज साथै सञ्चारकर्मी बिनोद तमुको र्यापमा रहेको सोहि गितमा चर्चित गितकार प्रमोद भण्डारीले शब्द भरेका हुन् भने चर्चित संगीतकार तथा गाएक कमल अधिकारीको मिठो संगीत र एरेन्ज रहेको छ ।

रोहन लामा गुरुङ र सुस्मिता तामाङको साथमा एम डान्स स्टुडियो ग्रुपका अभिनय तथा डान्स रहेको यस गीतको भिडियोलाई प्रवेश पोखरेलले छायांकन गरेका हुन् ।
एम डान्स स्टुडियो का प्रोप्राईटर आशिष रानाले कोरियोग्राफ तथा निर्देशन गरेको भिडियोमा सम्पादन भने अभि जंग साहिले गरेका हुन् ।

यस भिडियो Sky TV Nepal द्वारा सार्वजानिक भएको छ ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=xy_0kQRfDTY&t=3s

 

२७ भाद्र २०७६, शुक्रबार १५:०३  मा प्रकाशित

Write your Comment