राजु मास्टर र बल्छी धु्र्वेले ल्याए नयाँ टेलिसिरियल ‘हल्का रमाईलो’

 २३ भाद्र २०७६, सोमबार १५:४८  मा प्रकाशित

 धादिङ, २३ भाद्र

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट अलग भएका मरिचमान श्रेष्ठ बल्छी धु्र्वे र राजु पौडेल राजु मास्टर लगाएतका कलाकारहरुले अर्को नयाँ टेलिसिरियल ल्याएका छन् ।

प्रत्येक हप्ताको आइतबार राती ८ बजेर ५० मिनेटबाट नेपाल टेलिभिजनमा प्रशारण हुनेगरी हल्का रमाईलो नामक टेलिसिरियल ल्याएका हुन् । हिजो आइतबार प्रशारण भएको भाग १ एपीसोडमा राजु मास्टर, बल्छी धुर्बे, अनिता बस्नेत मास्टर्नी, दिपक शर्मा, कमला रेग्मी, शारदा गिरी, शम्भु थापा लगाएतका कलाकारहरुको प्रस्तुती रहेको छ । यो टेलिसिरियललाई नेपाल टेलिभिजन सँगै युटुवमा बल्छी धुर्वेको आफ्नै युटुब च्यानलबाट राखिएको छ ।

विगत लामोसमयसम्म मेरी बास्सै कार्यक्रममा उनिहरुले अभिनय, लेखन र निर्देशन गर्दै आएका थिए । गत चैतमा मात्रै उनिहरुले मेरी बास्सै छोडेको घोषणा फेसबुक मार्फत गरेका थिए । कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको उनीहरुको भनाई छ ।
यस्तो छ हल्का रमाईलो टेलिसिरियलको पहिलो भाग

भिडियो हेर्नुस:

२३ भाद्र २०७६, सोमबार १५:४८  मा प्रकाशित

Write your Comment