बुटवलमा एक लाख २० हजार घुससहित मालपोतका खरिदार पक्राउ

 १२ भाद्र २०७६, बिहीबार १७:१०  मा प्रकाशित

बुटवल, १२ भदौ
सेवाग्राहीसंग घुस लिँदालिँदै मालपोत कार्यालय बुटवलका एक जना खरिदार पक्राउ परेका छन् ।

खरिदार जीवनाथ पाण्डे नाम गरेका व्यक्तीलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।

मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेका हो ।

पक्राउपछि उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

१२ भाद्र २०७६, बिहीबार १७:१०  मा प्रकाशित

Write your Comment