अवैध सुन जस्तो पँहेलो धातु सहित २ जना पक्राउ

 २१ श्रावण २०७६, मंगलवार २०:२१  मा प्रकाशित

धादिङ, २१ साउन 

राज शाक्य

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट २४ तोला सुन जस्तै पहेलो अबैध धातु सहित २ जनालाई प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका २ का सन्तोष वस्नेत र नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका ६ का गोकुलमान श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । गत आइतबार साँझ करिब ७ बजेको समयमा काठमाण्डौवाट चितवनतर्फ गइरहेको ना ५८ प ६५५३ नं.को मोटरसाईकल राजमार्गमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त धातु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी निरिक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए । उनीहरुका साथबाट २ वटा मोबाइल फोन सहित मोटरसाइकल नियन्त्रणमा लिइएको उनले बताए ।

प्रक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरीहरभवन ललितपुर पठाईएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।

२१ श्रावण २०७६, मंगलवार २०:२१  मा प्रकाशित

Write your Comment