हाँस्य टेलीश्रृङ्खला “तातो माथि पिरो” २५ औँ भागमा प्रवेस

 २० श्रावण २०७६, सोमबार १७:२१  मा प्रकाशित

धादिङ, २० साउन

धादिङका स्थानीय कलाप्रेमीहरुको सक्रियतामा सञ्चालित हाँस्य टेलीश्रृङ्खला ‘तातो माथि पिरो’को २४ भाग पुरा भएर २५ औँ भाग प्रवेस गरेको अवसरमा आईतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

दिव्य दर्शन टेलिभिज मार्फत हरेक हप्ताको बिहिबार बेलुकि ८ बजे र Youtube Channel स्काइ टि.भि नेपाल बाट सोहि दिन बेलुकि ०८:३० बजे प्रशारण हुने “तातो माथि पिरो” को सञ्चारकर्मी तथा कलाकार धर्मेन्द्र श्रेष्ठले लेखन निर्दैशन गर्नु भएको हो । सिरियलका निर्माता ईश्वर धरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उप मेयर मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, दिव्य दर्शन टेलिभिजनका सञ्चालक उत्तम अधिकारी, नीलकण्ठ नगरपालिका न्यायिक समिति सदस्य प्रकाश श्रेष्ठ, गायक तथा सङ्गितकार लालकाजि श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

हाँस्य टेलीश्रृङ्खला ‘तातो माथि पिरो’मा रवि भट्टराई, धर्मेन्द्र श्रेष्ठ, गीता अधिकारी, मनिश श्रेष्ठ, विनोद तमु, किशोर अधिकारी, राजु श्रेष्ठ, सुमन श्रेष्ठ लगायतका अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस तातो माथि पिरोको अहिले सम्मका सम्पुर्ण भागहरु:

२० श्रावण २०७६, सोमबार १७:२१  मा प्रकाशित

Write your Comment