नो अब्जेक्सन रोक्ने अधिकार कस्ले दियो ?

 २७ असार २०७६, शुक्रबार ०८:५७  मा प्रकाशित

सुस्मा कंडेल, चितवन
पढाई जिवनको आधार हो भन्दै गर्दा आज आएर उच्च शिक्षा अध्ययन लागि डिप्लोमा तहका जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन रोक्ने अधिकार कस्ले दियो ?

यदि अनुमति पत्र नदिने हो भने किन पढ्ने विषय राखेको यो पनि हटाउनु नि! आज जुन घुम्ने कुर्सीमा बसेर बिचरा निर्दोष विद्यार्थीहरुमाथी जुन प्रतिबन्ध लगाउनेहरुपनी त त्यही कोर्स पढेर आउनुभएको होला।आज घुम्ने कुर्सीमा बसे भन्दैमा यहाँ कसैको जिन्दगी बिगार्ने अधिकार दिईएको होइन।भोलि हजुरका छोरा नातिले पनि पढ्ने मन गर्न सक्छन,के त्यति बेला अनुमती दिनुहुन्छ?अहिलेको समयमा आएर सरकारको डिप्लोमा तहमा अनुमति नदिने निर्णय नेपाली विद्यार्थी र अविभाबक को लागि दुखको कुरा हो। मेरो बिचारमा अनुमति दिन बन्द गर्नु समस्या को समाधान हैन ।

वैदेशिक शिक्षामा थोरै मात्रा मा कलेजहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेका होलान, डिप्लोमा तहमा पढाई हुने धेरै कलेजहरु अत्यन्तै उत्कृष्ट पनि छन।शिक्षा बाट बन्चित गरेर भोलि देश चलाउनेहरु लाई अन्धकार तर्फ लैजान पाउने अधिकार कसैलाई पनि छैन।त्यसैले यो नेपाल सरकारको नियम नभएर विद्यार्थीहरुलाई दिईएको सास्ति हो ।यसलाई हामि सबै मिली हटाउनुपर्ने आबश्यकता रहेको छ ।

२७ असार २०७६, शुक्रबार ०८:५७  मा प्रकाशित

Write your Comment