एम डान्स स्टुडियो ले ल्यायो “यस्तै त हो नि ब्रो” को कवर भिडियो

 १३ असार २०७६, शुक्रबार १८:२८  मा प्रकाशित

आषाढ  १३, धादिङ
एम डान्स स्टुडियो का टीमले फेरि नया कवर भिडियो लिएर आएका छन् । केहि समय पहिले बजारमा आएको भिटेन को नया र्याप गित “यस्तै त हो नि ब्रो” को कवर भिडियो धादिङ कै आसपास नजिक रहेर छायांकन गरिएको एम डान्स स्टुडियो का प्रोपाईटर आशिष राना ले बताए ।
 
उक्त भिडियो को छायांकन तथा सम्पादन समीर गुरुङ ले गर्नु भएको हो भने कोरीयोग्राफी तथा कन्सेप्ट आशिष रानाको रहेको छ भने आशिष राना, पूनम मम्बा, बिशु श्रेष्ठ, सुरेश तामाङ र प्रदिप गुरुङ नृत्य रहेको छ ।
 
एम डान्स स्टुडियो ले बिगतका दिनहरुमा ताकी ताकी, घाममा सुकाईदेउ, दन्ते मोहनी, पहिलो नम्बर मा, कान्छी, टाईम छैन, सिमसिमे पानी जस्ता चर्चित गितहरुको कवर भिडियो बनाएर Youtube मा सर्बाधिक Views पाउन सफल भएका छन् । त्यस्तै मेलिना राई र धर्मेन्द्र श्रेष्ठ को आवाज, खेम जि राना को सङ्गित तथा प्रमोद भन्डारी को शब्द मा रहेको गित ओ डार्लिङ्ग को Official Video पनी निर्माण गरिसकेका छन् ।

हेर्नुस् भिडियो:

१३ असार २०७६, शुक्रबार १८:२८  मा प्रकाशित

Write your Comment