चलचित्र “लभ हो” को शुभ मुहुर्त सम्पन्न

 २६ जेष्ठ २०७६, आईतवार १७:४६  मा प्रकाशित

जेठ २६ , धादिङ 
सुवास जि.सी को निर्देशनमा निमार्ण हुने नेपाली कथानक चलचित्र “लभ हो” को आज धादिङ बेसीमा शुभ मुहुर्त समारोह सम्पन्न भएको छ ।
ईन्जोए मुभिज् प्रा.लि. र यूनिक मिडिया नेटवोर्कको सम्युक्त प्रश्तुती रहने चलचित्रमा समाजमा भएको हत्या, हिंसा, बलत्कारको घटनालाई यथार्थ रुपमा देखाउने उदेश्यले निर्माण गर्न लागिएको निर्देशक जि.सी ले बताउनु भएको छ । निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले उद्घाटन गर्नु भएको हो, उक्त कार्यक्रम को अवसरमा ढुङ्गानाले चलचित्रले देश ब्यापी रुपमा सफलता पावस् भन्दै शुभकामना व्यक्त गर्नु भएको छ । र आफु जहा भएपनि फिल्म रिलिज भएको दिन हल सम्म पुगेर चलचित्र ‘लभ हो’ दर्शक सङ्गै बसेर हेर्ने प्रतीवद्दता व्यक्त गर्नु भएको छ ।

चलचित्र को लेखक तथा निर्माता सन्तोष काफ्ले हुन् भने सह-निर्माता रवि भट्टराई, प्रकाश ढकाल रहेका छन्, निर्देशक सुवस जि.सि र सह-निर्देशक शिब आर.जि रहेका छन् भने सङ्गीत तर्फ मेलिना राई, वसन्त सापकोटा र राज सिक्देल ले आवाज भरेका छन् ।

उक्त चलचित्र धादिङको पेरी–फेरीमा रहेर निर्माण गर्न लागिएको हो । चलचित्रमा सितल के.सी. दिप्ती तामाङ, सुवास अर्याल, रवि भट्टराई, धर्मेन्द्र श्रेष्ठ, प्रेम बराईली लगायत कलाकारहरुको अभिनय रहने छ ।

२६ जेष्ठ २०७६, आईतवार १७:४६  मा प्रकाशित

Write your Comment